987165-arrested.jpg

काठमाडौं – लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । राजगढ गाउँपालिका–२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट –१० ट्याब्लेट ९० थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिएका छन् ।