Gyanendra-Yadav-Corona-Vaccine.jpg

काठमाडौं – सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसको खोप लगाएका छन् । आजबाट सुरु भएको कोरोना भाइरसको खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाएका छन् । तर प्रदेश –२ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीले दाबी गरेका छन् ।