dharna_maitighar_5_OZWlVhUlQD.jpg

काठमाडौं –संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । धर्नामा पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरु समेत सहभागी रहेका थिए । धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्डसँगै प्रदर्शन गरेका थिए ।

प्रचण्ड–माधव पक्षले माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी गरेको थियो । जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम राख्ने कार्यक्रम रहेका छन् । त्यस्तै माघ १५,१६ र १७ क्रमशः बुटवल,विराटनगर र धनगडीमा तथा २८ गते काठमाडांैमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तयारी भएको छ ।