jsp-protest_lVbm2CkTeE.jpg

काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीको सिफासिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा उत्रिएको हो । उसले सरकारको कदमविरुद्ध दोस्रो चरणको आन्दोलन माघ ७ गते सम्पन्न गरिसकेको छ । तर अब तेस्रो चरणको आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीमा फरक–फरक धार देखिएको छ ।

तर, जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले नेताहरु उपत्यका बाहिर रहेको कारण बैठक बस्न नसकेको जानकारी दिएका छन् । उनले नेताहरु काठमाडौं आएपछि बैठक बसेर तेस्रो चरणको आन्दोलनको घोषणा हुने समेत प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् , ‘तेस्रो चरणको आन्दोलन गर्ने निश्चित छ, त्यो गर्ने नै हो तर आन्दोलनका क्रममा नेताहरु उपत्यका बाहिर जानु भएको थियो उहाँहरु सबैजना फर्किनु भएको छैन । उहाँहरु फर्केपछि बैठक बसेर आन्दोलनको घोषणा हुन्छ ।’ तर उनले त्यस्तो बताएपनि तेस्रो चरणको आन्दोलन त्यति सजिलो तरिकाले घोषणा हुन्छ भन्नेमा धेरैले आशंका गरेका छन् ।