INFLUENZA-1024x536.png

काठमाडौं – लुम्बिनी प्रदेशमा पनि कोरोनाविरूद्धको खोप अभियान आजबाट सुरू भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अभियानको सुरूवात गरेका छन् । लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्वको पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन् । अस्पतालका अरू १४ जनाभन्दा धेरै स्वास्थ्यकर्मीले खोप लगाउँदै छन् ।