Sputnik-V-Covid-19-vaccine-in-Nepal-NT.jpg

काठमाडौं – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको सुरु गरेका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेश त्रिपाठी राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएका थिए । राष्ट्रपतिको शुभकामना सन्देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सफल पार्न सवै क्षेत्रका मानिसहरुको सहभागिता अनिवार्य भएको महसुस गरेको समेत उल्लेख गरेका छन् ।

पहिलो चरणमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन् । आज पहिलो दिनमात्रै १२ हजार जनाले यो खोप लगाउने स्वास्थ्यमन्त्री त्रिपाठीले बताएका छन् ।