Aagolagi.jpg

काठमाडौं —काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।