काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज ३ सय ३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको छ । आज थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २ हजार १७ पुगेको छ ।

आज थप २ सय ८५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यो सङ्ख्यासँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । हाल देशभर ३ हजार २ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ ।


1800x1200_coronavirus_1.jpg