ezgif-5-86c005751bd4.jpg

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ताप्लेजुङमा आयोजित भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केपी ओलीलाई अध्यक्षबाट हटाइसकेको बताएका छन् । निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले जानकारी दिएका छन् । ‘४ सय ४१ सदस्यीय मध्ये ३ सय जना बसेर अध्यक्षबाट निकाली सकिएको उनले बताएका छन् ।

नेपालले भने अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् , ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी समेत दिएका छन् । यदि अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।

नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले ओली लाई आग्रह गरेका छन् । सूर्य पाउने आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ, उनले भने । केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप समेत लगाएका छन् । वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा जस्तै भएको समेत नेपालले टिप्पणी गरेका छन् ।