share-market-down.jpg

काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार १७ अङ्कले घटेको छ । १७ दशमलव ७९ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ९ अङ्कमा झरेको छ । नेप्से परिसूचकमात्र नभइ ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५८ अङ्कले घटेको छ ।

कारोबार रकम ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता सेयर किनेबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।