Whistle-blower.jpg

काठमाडौं – संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस निकाल्दैछ । दिउँसो ३ बजे लौनचौरबाट निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार, सिटी जुलुस लौनचौरबाट असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर समाप्त हुने छ । जुलुसलाई जनसङ्गठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । तेस्रो चरणको आन्दोलन घोषणा गरेको यो समूहले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तयारी थालेको छ । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ मा पनि राजधानीमा जनप्रदर्शनको तयारी गरेको छ ।