Shekhar-Koirala.jpg

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नुपर्ने जनकारी दिएका छन् । प्रहरीले हिजो बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेको थियो । त्यसमा केही मानिस घाइते समेत भएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भने प्रधानमन्त्री ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको सङ्कल्प पूजातर्फ सङ्केत गर्दै ‘नागरिक आन्दोलनमाथि गरिएको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट नै’ । उनले भनेका छन्, ‘सरकार नागरिक समाजसँग क्षमा माग ।’

त्यसतर्फ संकेत गर्दै कोइरालाले आज बिहान गरेको ट्वीटमा देशको माटो निधारमा लगाएर प्रतिगमन विरूद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरे पनि पुग्दैन ।