india-tracter.jpg

काठमाडौं – भारतमा विवादास्पद तीन कृषि कानूनको विरोधमा किसानले प्रदर्शन गरेका छन् । विगत २ महिनादेखि राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्ना तथा प्रदर्शन गर्दै आएका किसानले आज ७२ औं गणतन्त्र दिवसको अवसर पारेर दिल्लीमा ट्रयाक्टर परेड गरेका छन् । पञ्जाब, हरियाणासहितका किसानले ट्रयाक्टर परेड गरेका छन् ।

किसानलाई दिल्ली प्रवेशकालागि रोक लगाउन छेकबार लगाइए पनि किसानहरुले भने अवरोध तोडेर सञ्जय गान्धी ट्रान्सपोर्ट नगरमा प्रवेश गरेका छन् । दिल्लीको सीमा क्षेत्र सिंघमा भागदौडको अवस्था सिर्जना भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सो क्षेत्रमा ठूलो सङ्ख्यामा किसानहरुको उपस्थित रहेको प्रहरीले बताएको छ । सुरक्षा खतरालाई मध्यनजर गरि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


tracter-pared.jpg