काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको जानकारी दिएका छन् । आज ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो धारणा व्याक्त गरेका हुन् । मन्त्री विष्णुप्रसाद पौडेलले भने ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ । निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दैे पौडेलले देशको विशेष परिस्थितिलाई ख्याल गरिदिन समेत आग्रह गरेका छन् । निर्वाचनबाट नै लोकतन्त्र मजबुत हुने उनले बताएका छन् ।