141914502_1513611602162328_734077810520378305_n(1).jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते भएका छन् । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको थियो ।

उनीहरुले कमलपोखरीको माटो लगाएर ¥याली सुरु गरेका थिए । कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गर्नुपरेको बताइएको छ । लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ताहरु घाइते भएको जानकारी दिएका छन् ।