ezgif-1-c8608d42c80b.jpg

काठमाडौं – देशभर आज ३ सय ३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । आज देशभर १० जना कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोना भाइरस सङ्क्रमणका कारणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या २ हजार ११ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ४ सय १ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । हाल नेपालमा ३ हजार २ सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज काठमाडांैमा १ सय ३३, काभ्रेमा २, चितवनमा ३४, दोलखामा १, झापाका ३, सुनसरीका २, पर्साका ३, बारामा ३, महोत्तरीमा १, सप्तरीमा २, सर्लाहीमा १, धादिङमा २, भक्तपुरमा ८, मकवानपुरमा १ र ललितपुरमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा २३, तनहुामा ३, बाँकेमा ३४, रुपन्देहीमा १५, रोल्पामा १, कञ्चनपुरमा २, कैलालीमा २, डढेलधुरामा २, बाजुरामा १, नवलपरासी पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा १, म्याग्दीमा ३, लमजुङमा १, बाग्लुङमा ५, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बैतडीमा १ जना सङ्क्रमित थपिएका छन् ।