Watch-Terrible-mess-up-in-the-field-allowed-batsmen-running-four-runs-.jpg

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट खेलमा नेपाल पुलिस क्लब समूहगत चरणको आफ्नो अन्तिम खेलमा आज प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । प्रदेश नं.२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । पुलिसका अनिल शाहले अविजित ४७ रन, कुशल भुर्तेलले ४३, दीपेन्द्रसिंह ऐरीले १७ रन बनाएका थिए । ९२ रन जोड्दा ४ विकेट गुमाएको अवस्थामा अनिलले सम्हालिएर ब्याटिङ गरेका थिए ।

पुलिसले ४ खेलबाट ६ अङ्क जोडेर समूहको उपविजेता बन्यो । चार खेलबाट ७ अङ्क भएको बागमती प्रदेश समूह विजेता बन्यो । पुलिसले सेमिफाइनलमा शसस्त्र प्रहरी बल(एपीएफ) क्लब र त्रिभुवन आर्मी क्लबमध्ये कुनै एकसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूहको विजेता बन्नका लागि अहिले एपीएफ र आर्मी भिड्दैछन् ।