20201127025255_1606433377.Clipboard03.jpg

काठमाडौं – आज सेयर बजार परिसूचक नेप्से १६ दशमलव ४ अङ्कले वृद्वि भएको छ । यससँगै परिसूचक नेप्से २ हजार ४ सय ४० दशमलव ८७ अङ्कमा पुगको छ । आज कुल ८ अर्ब ९० करोडको कारोबार भएको छ । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ ।

नेप्से परिसूचक बढे पनि आज सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक सेयर बजारमा सूचिकृत ‘क’ वर्गका कम्पनीको मापन गर्ने परिसूचक हो । आज १२ वटा उपसूचक मध्ये बैंकिङ, व्यापारमूलक, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूह मात्रै बढेका छन् ।

आज नेशनल हाइड्रोवापर कम्पनी नागरिक लगानी कोष, माउन्टेन इनर्जी हाइड्रोपावर, गुराँस लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, र हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्विभएको छ । सबैभन्दा धेरै मूल्य भने श्री इन्भेष्टमेन्टको ६ दशमलव ९८ प्रतिशतले घटेको छ । आज कारोबार भएका १ सय ७४ कम्पनीमध्ये ६२ कम्पनीको मूल्य वृद्विभएको छ । र १ सय ७ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर अवस्थामानै रहेको छ ।