d41586-020-01247-2_17943876.jpg

काठमाडौं – मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले प्रदेश नम्बर – २ सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान आठवटै जिल्लामा माघ १४ गते सदरमुकामस्थित अस्पतालबाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जानकारी गराएको छ ।

प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले जानकारी गराएका छन् । पहिलो चरणमा कोरोना भाइरस महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना बनाइएको छ ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट शुभारम्भ गर्नुहुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी गराएका छन् ।