Human_Right_Protest__2_3urOBwm9Zq.jpg

काठमाडौं —प्रधानमन्त्री केपी ओलीको गलत कदमविरुद्ध बालुवाटारमा प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानवअधिकार तथा शान्ति समाजले ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध,प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेका हुन् ।