barshaman_1sM6Wfa7oA.jpg

काठमाडौं — आज रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले ओली ‘कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने’ भन्दै व्यङ्ग्य गरेका छन् । उनले भने, ‘ओलीले अदालतलाई गाली गरेका छन्, वलिकलाई गाली गरेका छन्, मिडियालाई गाली गरेका छन्, डाक्टरलाई गाली गरेका छन्, प्रधानमन्त्री केपी ओलीले बाटोमा जसलाई देख्यो उसैलाई गाली गर्दै हिँड्न थालेका छन् । ओली सरकार काम चलाउ को सरकारनै भएतापनि प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसँग निहुँ खोज्दै नहिँड्न समेत उनले जानकारी दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका पुनले हिजो निर्वाचन आयोगले गरेको निर्णय प्रति कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको पुष्टि भएको आरोप समेत लगाएका छन् । निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै उनले आयोगको क्षमताप्रति प्रश्न पनि उठाएका छन् । ‘नेकपाको ४ सय ४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको आयोगले ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो,’ पुनले भने । उनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि जानकारी गराएका छन् ।