काठमाडौं — महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरी जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफको मृत्यु भएको छ । मोटरसाइकलमा सवार रहेका दुबै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज ६प १४०९ नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो । टिपरका चालकलाई प्रहरीले प्रक्रउ गरेको छ ।