1800x1200_coronavirus_1.jpg

काठमाडौं – आज देशभर २ सय ७० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । यस्तै आज देशभर ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार १ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज ४ सय ३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । आजको यो सङ्ख्यासँगै हालसम्म डिस्चार्ज हुनेको केल सङ्ख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । हाल देशभर ३ हजार ३ सय १२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । हाल देशभर १ सय ३९ जना कोरोना सङ्क्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै १ सय ३३ जनामा कोरोना भाइरसको सङ्रक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ३, भक्तपुरमा ५ र ललितपुरमा २५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।