_116644386_gettyimages-1230745925_QeHw7WSvUO.jpg

सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ३ हजारभन्दा बढीलाई रुसी प्रहरीले पक्राउ गरेको छ । जेलमा रहेका विपक्षी नेता एलेक्जाई नाभाल्नीको समर्थनमा शनिबार दशौं हजार मानिसहरुको सङ्ख्यामा सडकमा आएका थिए राष्ट्रपति पुटिनको विरोधमा वर्षौपछि रुसमा यति ठूलो सङ्ख्यामा जनताहरु ओर्लिएको पहिलो घटना हो ।

विपक्षी दलका नेता नाभाल्नीले समर्थकहरुलाई आन्दोनलमा उत्रन आग्रह गरेपछि रुसी अधिकारीहरुले सुरक्षा व्यवस्था कडा गरेपनि प्रदर्शनकारीहरु त्यसको बेवास्ता गर्दै सडकमा ओर्लिको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मस्कोमा दङ्गा प्रहरीले भिड नियन्त्रणका लागि प्रदर्शनकारीहरुमाथि कुटपीट गरेको थियो । गत आइतबार नाभाल्नीले हिरासतबाटै आन्दोलनमा उत्रन जनतालाई अनुरोध गरेका थिए ।

शनिबार रुसमा मोबाइल फोन र इन्टरनेट कभरेजमा अवरोध देखिएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि, प्रदर्शनलाई कमजोर बनाउने नियतले नै यस्तो भएको हो वा होइन भन्ने विषय भने पुष्टि भएको छैन ।