Stock-Market--Adults--Online-copy-17072018090131-1000x0.jpg

काठमाडौं — सेयर बजार परिसूचक नेप्से आज ५० अङ्कले बढेको छ । सेयर बजार परिसूचक आज ५० दशमलव २१ अङ्कले वृद्धि भई २ हजार ४ सय २४ दशमलव ८४ अङ्कमा पुगको छ । यो दिन कुल ९ अर्ब ३७ करोडको कारोबार भएको छ । आजको दिन टेलिकम बाहेक अन्य समूह ५ दशमलव ६९ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र हाइड्रोपावर समूह पनि २ प्रतिशत भन्दा माथि वृद्धि देखिएको छ । व्यापारमूलकबाहेक अरु सबै समूहको मूल्य बढेको देखिएको छ ।

आज एकैदिन बजार पुँजीकरणमा ६८ अर्बको वृद्धि हुँदा नेपाल टेलिकमको पुँजीकरण मात्रै ८ अर्बले बढेर २ खर्ब रुपैयाँ भन्दा माथिपुगेकोे छ । आज पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने अरु ११ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा बढी मूल्य भने नारायणी विकास बैंकको करिब १० प्रतिशतले घटेको छ ।