miya1.jpg

काठमाडौं — वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पश्चिम चम्पारन जिल्लाका ३४ वर्षीय नेहाल मियाँ रहेको प्रहरीले जानकारी दिएको छ । उनि डेरा खोज्दै राति वीरगञ्जमै बस्ने भारतीय साथीको डेरामा बास बसेका थिए । मियाँले आफनै साथीकै छोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । पक्राउ परेका मियाँविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।