Consultation-meeting-PM-KP-Sharma-Oli.jpg

काठमाडौं — आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री कोही नभएको बताएका छन् । दुई वटै किड्नीहरु फेरेको कारणले आफू थोरै भए पनि अपाङगता भएको उनले जानकारी गराएका छन् ।

’मेरो पनि किड्नी फेल भएर अर्को किड्नी ल्याएर जोडेर राख्या छु । म पनि अर्को किड्नीको ह्विलचेयर बोकेर हिँड्या मान्छे हुँ । फेरि त्यो किड्नी पनि फेल भयो । त्यसपछि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेर हिंड्या हो । अलिअलि अपाङ्गता नै , रहेको उनले बताएका छन् । विश्वमा दुई वटा किड्नी फेरेको प्रधानमन्त्री कोही नभएको समेत प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।