kp+oli.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा भर्ने संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुलाई छट्पटी छुटेको दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु पनि देशद्रोही र जनविरोधी रहेको बताएका छन् ।

उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जानका लागि यो कदम चालिएको समेत उन्ले बताएका छन् । सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा व्याकत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘मैले गरेको काम जनताले मूल्याङ्कन गरुन र अरुले के गरेका छन् त्यसको पनि मूल्याङ्कन जनतालेनै गरुन् भनेरनै यो कदम चालिएको हो, त्यसैले बैशाखमा हुने चुनावमा यस्ता देशद्रोहीलाई ठेगान लगाउन समेत अनुरोध गर्दछु ।’