ezgif-1-aad36d9df8b8.jpg

` काठमाडौं — २ दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आएका थिए । घरबाट निस्केका बैतडीको पाटन नगरपालिका –८ का ती देवर, भाउजूको कञ्चनपुरमा मृत्यु भएको हो । ‘भाउजूको हिजो बेलुकी ५ ः १५ बजे र देवरको राति ११ ः ३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । देवर(भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे अझै खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर, भाउजूको विष सेवन गरेको कारण ज्यान गएको आकलन गरिएको छ । उनीहरुको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन, खाँदा बिरामी परेँ भन्थे’, थापाले भन्नुभयो, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’ प्रहरीले जानकारी दिएअनुसार दुवै जनाको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने बताएको छ ।