ipo-1.jpg

काठमाडौं — ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ सर्वसाधारणलाई माघ २३ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्न लागेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयहरुलाई बिक्री गरेर बाँकी रहेको सेयर थप गरेर सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको छ ।

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ मध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोर्षकालागि छुट्याइएको छ । र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ भएको छ । उक्त समयमै सबै सेयर बिक्री भएनभर्ने फागुन ७ गतेसम्म खुला रहने बताइएको छ ।