corona-vaccine_11_JI5jD0EgYn.jpg

काठमाडौं – कर्णाली प्रदेशका १० वटा जिल्लाका लागि ११ हजार ७ सय ८० कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप आज आउने भएको छ । यो खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले बताएका छन् । र दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतका लागि खोप मगाउँछौँ”, उनले भने, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो गरी सबैले खोप लगाउनुपर्छ ।”

उनको भनाई अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनलाई खोप अभियानको संयोजक तोकिसकेको छ । उनले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने समेत जानकारी दिइएकोे छ ।