gold-641x405.jpg

काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा गिरावट भएको छ । शुक्रबार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको कारोबारको पहिलो दिन आज सामान्य गिरावट भएर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । आज आइतबार चाँदीको मूल्य भर्ने स्थिरनै रहेको छ । शुक्रबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आजको दिनमा पनि सोही मूल्यमानै कारोबार भएको छ ।