_110736018_benzema1.jpg

काठमाडौं – स्पेनिस ला लिगा फुटबल खेल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित हासिल गरेको छ । अवे मैदानमा भएको खेलमा एलाभेसलाई रियल मड्रिडले ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा ३ गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा १ गोल गरेको हो ।

रियल मड्रिडका लागि करिम बेन्जिमाले ४१ र ७० औं मिनेटमा गोल गरेका हुन् । यस्तै कासेमिरोले १५ औं तथा इडन हजार्डले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमानै गोल गरेका हुन् । एलाभेसका लागि ५९ औं मिनेटमा जोसेलुले एक गोल फर्काउन सफल भएका थिए । जितपछि दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अङ्क पुगेको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १७ खेलबाट ४४ अङ्क रहेको छ । ला लिगा अन्तर्गत गएराति भएको खेलमा सेभिल्लाले काडिजलाई ३–० ले पराजित गर्दा हुएस्का र भिल्लारियलले गोलरहित तथा रियल सोसिडाड र रियल बेटिसले २–२ को बराबरीको खेल खेलेका छन् ।