prachanda-madhav-samsadiya-dal-baithak-20770908.jpg

काठमाडौं – कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्षले त्यसको विरोध गरि रहेको छ । बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी समेत गरेको छ ।

प्रचण्ड–माधव पक्षले यसअघिनै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्षमा चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागेको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले बताएका छन् ।

‘पार्टीले प्रधानमन्त्री ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उनले जवाफ दिएका थिएन्न । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले भन्यो ‘यसअघि उनलाई अध्यक्षबाट मात्रै हटाइएको थियो तर अब पार्टीबाटै हटाइन्छ ।’