arrested_rep._1_0_0_0.jpeg

काठमाडौं — सर्लाहीको कविलासीबाट प्रहरीले पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका –८ का ५० वर्षीय अरुण मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कविलासी नगरपालिका –१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् । “उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताएका छन् । छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नम्बर –२ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाई गरीरहेको छ ।