ezgif-3-b7a18b2c5c23.jpg

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । शनिबार मुलपानीस्थित क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६२ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाएपनि अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४, अनिल खरेल र विक्रम भुसालले समान २ तथा सन्दीप सुनार र दिपेन्द्र रावतले एक–एक विकेट लिए ।

६३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको लुम्बिनीले १४ ओभर ५ बलमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। लुम्बिनीका लागि सौरभ खनालले १८, प्रकाश केसीले १७ र कृष्ण कार्कीले १५ रन बनाएका छन् । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले एक विकेट लिए ।