काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ । यस्तै आज नेपालमा थप ७ जना कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १ हजार ९ सय ८६ पुगेको छ ।
आज देशभर गरी ४ सय ८० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । आजको यो सङ्ख्यासँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । आज देशभर ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको छ । हाल देशभर ३ हजार ६ सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९०, भक्तपुरमा ९ र ललितपुरमा १३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल देशभर १ सय ५४ जना कोरोना भाइरसका सङ्क्रमितको आइसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार इलाममा १, झापामा १, भोजपुरमा २, मोरङमा ३, पर्सामा १, बारामा ३, सिराहामा ३, काठमाडौँमा ९०, काभ्रेमा १, चितवनमा ४२, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ९, मकवानपुरमा ४, रामेछापमा १, ललितपुरमा १३, सिन्धुपाल्चोकमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै कास्कीमा ४४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ८, पर्वतमा ५, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १, नवलपरासीमा १, पाल्पामा २, प्यूठानमा १, बाँकेमा १८, रुपन्देहीमा १०, डोल्पामा १, सुर्खेतमा १ तथा कञ्चनपुरमा १५ जना सङ्क्रमित थपिएका छन् ।