1024px-Madhav_Kumar_Nepal2.JPG

काठमाडौं — कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको आज काठमाडौंमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन् । उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा ३ करोड मानिसको ज्यान गुमेको समेत उन्ले बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि जानकारी गराएका छन् । उनले भने, ‘ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरे, लोकतन्त्रमाथि खड्ग प्रहार गरे, स्थायीत्वमाथि खड्ग प्रहार गरे र पार्टीमाथि समेत खड्ग प्रहार गरेका छन् ।

उनले भने प्रधानमन्त्री केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने पनि जानकारी दिएका छन् । माधव नेपालले सभामा भने ‘ ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन्,’ संविधानमा निर्वाचित व्यक्ति पनि तानाशाही हुने गरेको उदाहरण केपी ओलीबाट प्रस्तुत भएको माधवकुमार नेपालले त्यस विरोधसभामा बताएका छन् ।