ezgif-7-1ed1a2c76103.jpg

काठमाडौं – वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका छन् । यसअघि पुस १० गते ३ जना मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका थिए ।

अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदबाट निकालि मुख्यमन्त्रीमा प्रदेशसभाकी सदस्य अष्टलक्ष्मी शाक्यको नाम समेत प्रस्ताव गरीसकेका छन् । बैठकमा निवर्तमान मन्त्री नेपाललाई सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्नकोलागि समय पनि दिएका थिए । निवर्तमान मन्त्री नेपालले अविश्वास प्रस्ताव प्रस्तुत गर्दै कोरोना भाइरस नियन्त्रणमा प्रदेश सरकारले कुनै भूमिका नखेलेको र समाजवादोन्मुख काम गर्न नसकेको,अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपुर्याएको र गरीबी नियन्त्रणमा काम गर्न नसकेको समेत आरोप लगाएका थिए ।

नेकपा प्रचण्ड–माधव समूहका नेपालले सरकारको औचित्यता पुष्टि गर्न चुनौती समेत दिए । निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग समेत गरेका छन् । अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ गते सम्मका लागि स्थगित भएको छ ।