maxresdefault.jpg

काठमाडौं — भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भलवारी निवासी ५२ रुप वर्षीय कार्कीको हृदयघातका कारण मृत्यु भएको छ । उन्लाई हृदयघात भएसँगै उपचारको लागि काठमाडौं लैजाने क्रम्मा उनको बाटोमानै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएका हुन् । सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले २ सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई हराउदै स्वर्ण पदक जित्न सफल भएका थिए ।

त्यस्तै उनी सन् २०१९ को जुलाईमा ५०/५४ वर्षको उमेर समूह र २ सय २० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक पाएसँगै उनि आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट भएका थिए । भारत्तोलक कार्कीले ४४/४९ वर्ष उमेर र २ सय २० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जिति बिजेता हुन सफल भएका थिए । नेपालमा भारत्तोलनको तालिम केन्द्रको समेत उन्ले सञ्चालन गरेका थिए ।