ARREST-1573398050.jpg

काठमाडौं — १० वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोग लागेका एकजनालाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ परेको हो । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा काठमाडौं प्रहरी परिसर, टेकुले लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुलाई कानुनी कारबाहीका लागि पाँचथर पठाउने तयारी गरीएको समेत प्रहरीले जानकारी दिएको छ । पाँचथर प्रहरीले जानकारी दिए अनुसार लिम्बुले २०६७ सालमा सामान्य विवादका कारण प्रेमिकालाई गोली हानि हत्या गरेका थिए ।