NCPprotest1_20201229133458.jpg

काठमाडौं – संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौं उपत्यकामा प्रदर्शन शुरु गरेकोे छ । त्यसका लागि बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ वटा स्थान बाट जुलुस निकाल्ने तयारी भएता पनि केही ढिला गरी कार्यक्रम शुरु गरेको छ ।

प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, लगायतका ठाउँदेखि आज जुलुस निकाल्ने नेकपाको तयारी रहेको छ । तोकिएका ठाउँदेखि स्थायी समितिका नेताहरुको नेतृत्वमा निस्कने जुलुुस रत्नपर्कतर्र्फ बढदैआउने छ । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने भएका छन् ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् । डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने भएका छन् । देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् भने वाल्मिकी क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने भएका छन् ।

र यस्तै लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् । देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु त्रिपुरेश्वरबाट निस्कने जुलसमा रहने छन् । सम्पूर्ण ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुनेछ । त्यस मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ बतायएको छ ।