ktm-road-sadak-nawayug.jpg

काठमाडौं उपत्यकाको माइतीघर, सिहदरवारको पश्चिम गेट, भद्रकाली लगायतका सडकमा प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड –माधव पक्षले आयोजना गरेको विरोध प्रदर्शन र्याली हुनुअघि कुनैपनि सवारी साधनहरु चलेका थिएनन् । विरोध प्रदर्शनका कारण आज बिहानैबाट कार्यक्रमहुने आसपासको सडकमा सवारी साधन रोकिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । काठमाडौंको सडक आज सवारी साधनहरुको सञ्चालन केही मात्रामा मात्रै भएको हुदा सडकहरु सुनसान देखिएका छन् ।