sun_chadi.jpeg

काठमाडौं — साताकोे अन्तिम दिन आज सुनको मूल्य सामान्य घटेकोे छ । अघिल्लो दिन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाल सुन आज ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ , भने चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।