ipo.jpg

काठमाडौं — चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ)को बाँडफाँड आज गरीसकेको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले आज विहान आईपीओ बाँडफाँड आज गरेको छ । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमा भाग्यमानी २ जनाले भने ११÷११ कित्ता सेयर पाएको क्यापिटलले जानकारी दिएकोे छ । १० कित्ताका दरले बाँडफाँड गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई प्रदान गरीएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) पुस २४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलाएको थियो । कम्पनीले १ सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार १ सय १५ जनाकोमात्रै आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा बढि आवेदकहरुको आवेदन भर्ने रद्द भएको थियो । कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा धेरै रहेको छ ।