ezgif-7-bdb7c0e832ae.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय ३६ जना कोरोना सङ्क्रमित फेला परेका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । आज २ सय २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । आजको यो सङ्ख्यासँगै डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । अहिले देशभर ३ हजार ७ सय ९९ अना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर गरी ५ हजार ३० पीसीआर परक्षिण भएको छ । यस्तै आज देशभर थप ४ जना कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १ हजार ९ सय ७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कास्कीमा २४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा २, पर्वतमा ४, म्याग्दीमा २, लमजुङमा १, प्यूठानमा १, बर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५, रोल्पामा १, जाजरकोटमा १, बागलुङमा ७, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ४, नवलपरासीमा १, पाल्पामा १, जुम्लामा १, सुर्खेतमा १, कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७, बाजुरामा १, ओखलढुङ्गामा ३, झापामा ४, धनकुटामा १, मोरङमा २, सङ्खुवासभामा १, सुनसरीमा २, धनुषामा २,सप्तरीमा १, काठमाडौँमा १४६, काभ्रेमा ५, चितवनमा १२, धादिङमा १, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६, सिन्धुपाल्चोकमा १ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।