काठमाडौं – नेकपा (प्रचण्ड –माधव) पक्षका अध्यक्ष माधवकुमार नेपालले आज सुर्खेतको वीरेन्द्रनगरको पिपल चौतारामा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यमा समेत नरहने गरी निष्काशन गर्ने बताएका छन् ।
ओलीका कारण गणतन्त्र धरापमा पर्यो । कम्युनिस्ट पार्टी ध्वस्त भयो । हामी गणतन्त्रको आन्दोलन गर्दै गर्दा केपी शर्मा ओलीले बयलगाडाको कुरा गर्थे । अहिले उनको असली रुप देखियो । त्यसैले उनी कम्युनिस्ट होइनन् । कम्युनिस्ट हुन लायक पनि छैनन भन्ने बुझेर उनलाई पाटिको साधारण सदस्य समेत नरहने गरी पाटिबाट निष्काशन गर्न लागेका छौं’ अध्यक्ष माधवकुमार नेपालको भनाई रहेको छ ।
सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गरेरै छाड्ने घोषणा पनि गरेका छन् । कर्णाली प्रदेशकै ठुलो विरोध सभामा जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी भएका थिए ।