citizen_tap_a_pay_0QOQOjbTv5.jpg

काठमाडौं — सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित यो कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिने छ । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि यो कार्डको सुरुवात थालिसकेको छ । यस प्रविधी बाट कारोबार गर्दा मेसिनभित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न मिल्ने छ ।

यो प्रविधी बाट कारोबार गर्दा एकदम सरल एवम सहज हुनुका साथै अहिलेको यो कोरोना भाइरसको सङ्क्रमणकोे जोखिका बेला कसैसँग नछोइकन यो सेवाबाट कारोबार गर्न सकिन्छ । राष्ट्र बैंकको नियमानुसार तत्काललाई यस प्रविधिबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म पिन बिनानै कारोबार गर्न मिल्ने व्यवस्था रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल भरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा ए.टी.एम. र १ सय ७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको समेत जानकारी गराएको छ ।