Robert-Lewandowski.jpg

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी अग्सबर्गलाई १–० ले पराजित गरेको छ । रोबर्ट लेवान्डोस्कीको गोलमा बार्यन म्युनिखले जित हासिल गरेको हो । अवे मैदानमा भएको खेलमा १३ औं मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गरेर टिमलाई जित दिलाएका हुन् । लेवान्डोस्कीले यो सिजन अहिलेसम्म लिगमा २२ गोल गरिसकेका छन् । जितसँगै शीर्ष स्थानको बार्यन म्युनिखको १७ खेलबाट ३९ अङ्क पुगेको छ ।