india_corona_vaccine__in_nepal_2_T9nsHZiDp5.jpg

काठमाडौं — भारत सरकारले नेपाल सरकारलाई अनुदान सोरुप सहयोगमा दिएको कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप आज नेपाल आएको छ । एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइ भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल सरकारलार्ई हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ ः४५ मा खोप बोकेको विमान अवतरण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोभिसिल्ड खोपलाई टेकुमा रहेको केन्द्रिय खोप भण्डारणमा लगिने कोभिड—१९ खोप सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिएका छन् । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकता अनुसार त्यहा पु¥याइने समेत उनले जानकारी दिएका छन् । यस्तै प्रदेशबाट जिल्ला–जिल्ला तहमा खोप पु¥याइने छ । यो खोप प्रत्येक व्यक्तिलाई २ पटक कम्तिमा ४ साताका अन्तरमा दिनुपर्ने समेत डा. उप्रेतीले बताएका छन् । एक पटकमा ०.५ एमएल मात्रा वा डोज व्यक्तिको पाखुरामा कोभिसिल्ड लगाइन्छ ।

नेपालमा हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्रहर रहेका छन् भने खोप लगाइदिने जनशक्ति ८ हजार रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भित्रिएको एक साताभित्र खोप लगाउने तयारी रहेको जनाएको थियो । यद्यपी कुन दिनदेखि खोप लगाउन सुरु गर्ने भन्ने मिति अझै तय भएको छैन । तर, चाडैं खोप दिने तयारीमा जुटिरहेको डा. उप्रेतीले जानकारी दिएका छन् ।